रामेछाप कारागारमा क्षमता भन्दा दोब्बर कैदीवन्दी

रामेछाप कारागारमा क्षमता भन्दा दोब्बर कैदीवन्दी

जिल्ला कारागार रामेछापमा क्षमता भन्दा दोब्बर कैदी बन्दी राखिएको पाइएको छ । जिल्लाको पुरानो सदरमुकाम रामेछाप डाँडास्थित जिल्ला कारागारमा १ सय ५० जना कैदीबन्दी राख्ने क्षमता भएपनि त्यसको दोब्बर कैदीबन्दी राखिएको छ ।

लामो समयदेखि फरार रहेका दोषी ठहरिएकाहरु पछिल्लो समय धमाधम पक्राउ पर्न थालेपछि जिल्ला कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी राखिएको कारागार प्रमुख रूपलाल तामाङले जानकारी दिनुभयो । हाल रामेछाप कारागारमा १७ जना महिला सहित ३ सय ३५ जना कैदी बन्दी छन् ।

ठाउँ अभावका कारण कैदीको व्यवस्थापनमा चुनौती देखिएको प्रमुख तामाङले बताउनुभयो । उहाँका अनुसार एउटै कोठामा १५ जनालाई राख्ने गरिएको छ । सो कारण दुर्घटनाको जोखिम समेत बढेको जिल्ला कारागार रामेछापले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार