जिल्ला प्रहरी कार्यालय रामेछापले म्यादी प्रहरीलाई आ–आफ्नो कार्यस्थलमा पठाएको छ । ११ सय म्यादी प्रहरीलाई जिल्लाको ८ वटै स्थानिय तहमा आवश्यकता अनुसार खटाइएको हो ।
४० दिनको कार्यावधि तोकेर प्रहरी प्रधान कार्यालयले गत भदौ ३० गतेदेखि असोज ६ सम्म आवेदन खोलेकोमा रामेछापमा एक हजार एक सय म्यादी प्रहरी छनोट गरि तालिम दिएर आ–आफ्नो कार्यस्थलमा पठाएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख राजकुमार थिङले जानकारी दिनुभयो ।
जिल्लामा पुरुष ७ सय ५८ र महिला ३ सय ४२ जना म्यादी प्रहरी चुनावका लागी खटिएका छन । म्यादी प्रहरीले ४० दिनको तलब, भत्ता, रासन, पोसाक बापत एकमुष्ट ५० हजार १ सय ६० रुपैयाँ पाउने छन् ।
मतदान स्थलमा प्रहरी र म्यादी तथा बाहिरी सुरक्षामा सेना र सशस्त्रलाई खटाउने छ । रामेछाप जिल्लाको एउटा प्रतिनिधिसभा र दुई वटा प्रदेशसभा निर्वाचन क्षैत्र अन्र्तगत ९६ वटा मतदान स्थल र २२६ मतदान केन्द्र रहेको छ । आगामी निर्वाचनका लागि रामेछापमा १ लाख ८३ हजार ३०९ जना मतदाता रहेका छन् ।