भंगेरी माविका शिक्षकलाई ल्यापटप,एसईई उतिर्ण विद्यार्थीलाई सम्मान

भंगेरी माविका शिक्षकलाई ल्यापटप,एसईई उतिर्ण विद्यार्थीलाई सम्मान

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं ८ भंगेरीमा रहेको श्री मावि भंगरीले आज एक कार्यक्रमको आयोजना गरि एसईई उतिर्ण विद्यार्थीलाई सम्मान गरेको छ । २०७८ सालको एसईईमा उतिर्ण विद्यालयका ५३ जना विद्यार्थीहरुलाई विद्यालयले सम्मान गरेको हो ।

विद्यालय व्यवस्थापन समितीका अध्यक्ष गौतम कुमार श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रममा बोल्दै वडा नं ८ का वडाअध्यक्ष सन्तोष तामाङले श्रीमावि भंगेरीले केहि वर्ष यता पठनपाठनमा निकै सुधार गरेको बताउनुभयो । विद्यालय व्यवस्थापन समिती,शिक्षक,अभिभावक र विद्यार्थीहरुको लगनशिलताका कारण नै रामेछाप नगरपालिकामा रहेका सबै विद्यालयमध्ये एसईईमा उत्कृष्ट नतिजा ल्याउन सफल भएको बताउनुभयो ।

विद्यालयलाई आगामी दिनहरुमा वडाबाट गर्नुपर्ने सहयोग गरिने उहाँले प्रतिबद्धता जनाउनुभयो । विद्यालय व्यवस्थापन समितीका अध्यक्ष गौतम कुमार श्रेष्ठले विद्यालयलाई नमुना बनाउनमा स्थानिय सरकार,शिक्षक,अभिभावक,विद्यार्थी लगायत सबै क्षेत्रको साथ महत्वपुर्ण हुने बताउनुभयो । उहाँले सबैको साथ र सहयोगले भंगरी माविले यस वर्षको एसइइमा राम्रो नतिजा ल्याउन सफल भएको बताउनुभयो ।

उहाँले एसईइमा विद्यालयबाट उत्कृष्ट नतिजा ल्याउने २ जना छात्रालाई जनही एक/एक हजार समेत प्रदान गर्नुभयो । यसैगरी आजकैै कार्यक्रमको अवसरमा विद्यालयका १२ जना शिक्षकहरुलाई ल्यापटक वितरण गरिएको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत ल्यापटप वितरण गरिएको विद्यालयका प्रधानाध्यापक सुवास श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार