पौडी खेल्ने क्रममा रामेछाप गैराथोकमा एक युवकको मृत्यु

पौडी खेल्ने क्रममा रामेछाप गैराथोकमा एक युवकको मृत्यु

रामेछापको मन्थली नगरपालिका–४ का १९ वर्षीय सुदिप खत्रीको पौडी खेल्ने क्रममा आइतबार डुबेर मृत्यु भएको छ । गाउँ नजिकैको रणजोर खोलाको शिरमा रहेको कृष्णदहमा पौडी खेल्न गएका खत्री मृत अवस्थामा फेला परेका हुन् । उनी बाख्रा हेर्न घरबाट हिँडेका थिए । केहि दिन अघि मात्रै तामाकोशी नदीमा पौडी खेल्ने क्रममा म्यादी प्रहरीमा भर्ना हुन आएका दोरम्बा शैलुङका एक युवकको मृत्यु भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार