मन्थली नगरपालिकामा न्यायिक समितीले राम्रो काम गरेको छ : न्यायिक समितीका सदस्य नारायण बोगटी

मन्थली नगरपालिकामा न्यायिक समितीले राम्रो काम गरेको छ : न्यायिक समितीका सदस्य नारायण बोगटी

रामेछापको रामेछाप नगरपालिकाले शनिबार न्यायधिससँग अन्तरपालिका न्यायिक समिती समन्वय कार्यक्रम गरेको छ । जिल्ला न्यायधिस बद्रि प्रसाद ओलिको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा रामेछापका विभिन्न स्थानिय तहका उपाध्यक्षहरुले न्यायिक काम गर्दाका अनुभव,समस्या र भोगाईरु प्रस्तुत गरेका छन । मन्थली नगरपालिकामा न्यायिक समितीले गरेका कामहरु बारे बताउँदै न्यायिक समितीका सदस्य नारायण बोगटी :

 

रामेछाप नगरपालिकाका उपप्रमुख सृजना खड्का,रामेछापको खाँडादेवी गाउँपालिकका उपाध्यक्ष मखमली श्रेष्ठ,लिखु तामाकोशी गाउँपालिकाका उपाध्यक्ष दिपशिखा दाहाल,दोरम्बा शैलुङ गाउँपालिकाका उपाध्यक्ष कृशला घिसिङ लगाए न्यायिक समितीका सदस्य तथा कानुनी सजकर्ताको उपस्थिती रहेको उक्त कार्यक्रममा विवाद निरुपणको बारेमा छलफल भएको छ । उक्त कार्यक्रममा जिल्ला न्यायधिबक्ता यदुनाथ शर्मा,जिल्ला अदालतका श्रेस्तेदार रामप्रसाद पौडेल लगायतले न्यायिक समितीका संयोजकहरुलाई कानुनी कुराहरु र विवाद समाधान गर्दा ख्याल गर्नुपर्ने विभिन्न कुराहरुको बारेमा जानकारी गराएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार