‘स्वेच्छिक कर सहभागितामा अभिवृद्धि : सुशासन, विकास र समृद्धि’ भन्ने नाराका साथ रामेछापमा पनि १० औँ राष्ट्रिय कर दिवस मनाइएको छ । करदाता सेवा कार्यालय रामेछापको आयोजनामा मनाइएको दिवसको अवसरमा दुई जनालाई सम्मान गरिएको छ ।
आर्थिक बर्ष २०७६÷७७ मा रामेछाप जिल्लाका व्यवसायी मध्ये राज्यलाई धेरै कर बुझाएको भन्दै रामेछाप उद्योग वाणिज्य संघ रामेछापका निवर्तमान अध्यक्ष श्याम थापालाई उत्कृष्ट कर दाताको रुपमा सम्मान गरिएको छ ।
त्यसैगरी करदाता सेवा कार्यालयमा उत्कृष्ट काम गरेको भन्दै करदाता सेवा कार्यालय रामेछापका कर्मचारी नवीन घिमिरे पनि सम्मानित हुनुभएको छ । आजदेखी देशभर जस्तै रामेछापमा पनि सप्ताहव्यापी रुपमा १० औँ राष्ट्रिय कर दिवस सुरु भएको करदाता सेवा कार्यालय रामेछापले जानकारी दिएको छ ।
आधुनिक एवं वैज्ञानिक कर प्रणाली तर्फको प्रस्थान विन्दुका रुपमा नेपालमा मूल्य अभिवृद्धि कर लागू भएको दिनको स्मरण गर्दैै हरेक वर्ष मङ्सिर १ गते राष्ट्रिय कर दिवश मनाउन थालिएको हो ।
पछिल्ला वर्ष राजस्वको दायरा विस्तार हुँदै गए पनि कर सङकलन लागत घटाउने, चुहावट न्यूनीकरण गर्ने, लगानीमैत्री वातावरणका लागि कर प्रणालीमा सुधार गर्नुपर्ने देखिन्छ ।