रामेछाप मन्थलीमा माइक्रोबस दुर्घटना,चालक घाइते

रामेछाप मन्थलीमा माइक्रोबस दुर्घटना,चालक घाइते

रामेछापको मन्थली नगरपालिका वडा नं २ आकाशेमा आज माईक्रोबस दुर्घटना भएको छ । बा १ ज ७५८२ नम्बरको माईक्रो विहान अन्दाजी ८ बजेको समयमा दुर्घटना भएको हो ।

मन्थली बजारबाट यात्रु लिन आकाशे हिँडेको माईक्रो फर्काउने क्रममा ब्रेक फेल भएर सकडबाट अन्दाजी ६ मिटर तल खसेको रामेछाप प्रहरीले जानकारी दिएको छ । उक्त दुर्घटनामा चालक मन्थली नगरपालिका वडा नं ३ का वर्ष ३३ का हरि ब रोका घाईते भएका छन ।

उनको तामाकोशी अस्पताल मन्थलीमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार