नेपाली काँग्रेस रामेछापको सभापति पदका लागि आज कान्छाराम तामाङ र लवश्री न्यौपानेबीच पुनः निर्वाचन हुँदैछ । जिल्ला सभापति हुनका लागी पार्टीको बिधान बमोजिम ५० प्रतिशत मत नपुगेको हुनाले आज फेरी मतदान हुन लागेको हो ।
पहिलो चरणको मतपरिणाम अनुसार सभापतिका उम्मेदवार पूर्ण बहादुर तामाङ कान्छारामलाई ८ मत नपुग्दा आज पुनः दोस्रो चरणको मतदान हुन लागेको निर्वाचन समितिले जनाएको छ ।
११ बजेपछि मतदान सुरु हुनेछ । पहिलो चरणको मत गणना सकिँदा कान्छाराम तामाङ्ले कूल १३८८ मत खसेकोमा ६६८ मत प्राप्त गर्नुभयो ।
लवश्री न्यौपानले ३५६ मत प्राप्त गर्दा कृष्ण महतले ३२८ मत प्राप्त गर्नुभयो । कूल १४ सय १३ मतदाता रहेको जिल्लामा १३ सय ८८ मत खसेको थियो । नेपाली काँग्रेस रामेछापको जिल्ला सभापतिमा कान्छाराम तामाङ विजयी हुने धरैले आकलन गरेका छन ।