यो दशैँमा के ले बाटो छेक्यो : दशै गीत सार्वजनिक (भिडियो सहित)

यो दशैँमा के ले बाटो छेक्यो : दशै गीत सार्वजनिक (भिडियो सहित)

संगीतिक बजारमा गीतहरु धेरै भन्दा धेरै आउनेक्रम जारी रहेको छ । रिल चक्कामा भरेका गीतहरु क्यासेटमा बजाउने देखी आएर अहिले युट्युबमा गीत रिलिज गर्ने सम्मको समयमा आइपुग्दा सम्म पनि गीतहरु उत्तिकै मात्रामा बजारमा आइरहेका छन् ।

पहिला क्यासेटमा जस्तै अहिले पनि सदाबाहर देखी सिजन अनुसारका गीतहरु बजारमा आइरहेका छन् । दशै नजिकिँदै गर्दा दशैँ सम्बन्धी बिभिन्न भावमा रचिएका गीतहर बजारमा आइरहेका छन् । बिहवार मात्रै एउटा दशैको गीत सार्बजनिक भएको छ ।

यो दशैमा के ले छेक्यो बोलको गीत लोक मजेरी युट्युबमार्फत सार्बजनिक भएको हो । गीतमा कोरोनाका कारण बिदेशमा भिजा सकेर पनि यो दशैमा घर फर्किन नपाएका नेपालीहरुको कथा समेटिएको छ ।

यो दशैमा जसरि पनि घर आउने बाचा गरेका परदेशी कोरोना बिरुद्धको पुरा मात्रा खोप लगाउन नपाएपछि यहि समस्याका कारण घर आउन नपाएका परदेशीको पिडा समेटिएको छ ।

धेरै वर्ष पछि छोरा घर आउने खबरले खुशी भएका बुबा आमालाई यस्तो समस्याका कारण बिदेशमै रोकिएको छोराको कथा थहा नभएपछि दशैको टिका सम्म पनि छोरा आउने आसमा बसेका बुबा आमाको मार्मीक गीति सम्बादको शब्द सञ्चारकर्मी सञ्जय तामाङको रहेको छ । “

मैले यस्ता शब्दहरु धेरै लेखेँ तर यसरी गीत बनेर कहिल्यै आएको थिएन, यो पाली चाँही मौका मिल्यो, परदेशीहरुको पिडा समेटिएर कोरेको शब्दहरु गीत बनेर बजारमा आएको छ, यसमा म धेरै खुशी छु,” तामाङले भन्नुभयो ।

“मेरो पहिलो प्रयास पनि हो त्यसैले राम्रो नराम्रो कस्तो भनिदिने जिम्मा तपाइहरुको,” तामाङले थप्नुभयो । मनमाया बोम्जनको पहिलो प्रस्तुतीको रुपमा आएको गीतको मार्मीक शब्दहरुमा चर्चित गायक सुरेन्द्र गिरी र मनमाया बोम्जन स्वयंले स्वर भर्नुभएको छ भने गीतको लय बिक्रम गिरीले तयार पार्नुभएको हो ।

इन्द्रावती गाउँपालीका २ पोखरेमा छायंकन भएको गीतमा बिक्रम गिरी र चर्चित मोडल बुनु लामा फिचर्ड छन् । त्यस्तै कलाकार सरस्वती अधिकारी तथा शब्द संकलक सञ्जय तामाङ स्वयंले पनि अभिनय गर्नुभएको छ ।

हेर्नुहोस भिडियो : 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार