बागमती प्रदेशका मुख्यमन्त्री शाक्यले असोज २५ गते विश्वासको मत लिने

बागमती प्रदेशका मुख्यमन्त्री शाक्यले असोज २५ गते विश्वासको मत लिने

बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले असोज २५ गते विश्वासको मत लिने हुनुभएको छ । सरकारमा रहेको दल विभाजन भएको अवस्थामा ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ ।

संविधानको धारा १८८ (२)को व्यवस्था अनुसार उहाँले अन्तिम दिन विश्वासको मत लिन लाग्नुभएको हो । भदौ २६ गते प्रदेश निर्वाचन आयोगले एमाले विभाजन भइ एकीकृत समाजवादी बनेको औपचारिक जानकारी प्रदेशसभालाई दिएको थियो।

एमालेका १३ जना सांसदले एकीकृत समाजवादी रोजेपछि शाक्यको नेतृत्व अल्पमतमा पर्नुका साथै विश्वासको मत लिनुपर्ने बाध्यात्मक अवस्थामा पुगेको हो।५६ सांसदसहित एकल बहुमत रहेको एमाले विभाजन भएपछि अल्पमतमा परेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार