जन्मदिनको अवसरमा वडाअध्यक्ष तामाङद्धारा विपन्न बालबालिकालाई आर्थिक सहयोग

जन्मदिनको अवसरमा वडाअध्यक्ष तामाङद्धारा विपन्न बालबालिकालाई आर्थिक सहयोग

रामेछापको रामेछाप नगरपालिका वडा नं. ५ रामपुरका वडा अध्यक्ष भीमबहादुर तामाङले आफ्नो जन्मदिनको अवसरमा विपन्न तथा अभिभावक बिहीन बालबालिकालाई आर्थिक सहयोग गर्नुभएको छ ।

वडा अध्यक्ष तामाङले भिमेश्वर माध्यमिक विद्यालय रामपुरमा अध्ययनरत दुई छात्रा र दुई छात्र गरि चार बालबालिकालाई आर्थिक सहयोग गरेर आफ्नो ३८ औं जन्मदिन मनाउनुभएको हो ।

कक्षा ९ मा अध्ययनरत गंगा रानामगर, कक्षा तीनमा अध्ययनरत ज्योतिमा तामाङ, कक्षा ७ मा अध्ययनरत विकास श्रेष्ठ र अर्का एक छात्र लक्ष्मण मगरलाई आर्थिक सहयोग गरेको वडा अध्यक्ष तामाङले जानकारी दिनुभयो ।

सामुदायिक विद्यालयले निःशुल्क पढाउनुपर्ने व्यवस्था भए पनि विद्यालयहरुले निजीस्रोतबाट शिक्षक नियुक्त गरेर पठनपाठन सञ्चालन गर्नुपर्ने बाध्यता छ । निजीश्रोतका शिक्षकलाई तलब खुवाउन विद्यालयले भर्नालगायतका विविध शीर्षकमा शूल्क लिदै आएका छन् ।

विद्यालयलाई तिर्नुपर्ने शुल्क तिर्न नसकेका उनीहरुको शुल्क जन्मदिनको अवसर पारेर आपूmले तिरिदिएको वडा अध्यक्ष तामाङले जानकारी दिनुभयो । छात्रा ज्योतिमा तामाङको बुवा दृष्टिविहीन छन् भने छात्र विकास श्रेष्ठले जन्मेकै दिनमा आमा गुमाएका थिए ।

ती बालबालिकाहरुको आर्थिक अवस्थामा एकदमै नाजुक रहेकाले आफूले सहयोग प्रदान गरेको तामाङको भनाई छ । वडाभित्र आर्थिक अभाव र गरिबीका कारण पठनपाठनमा समस्या झेल्दै आएका अन्य बालबालिकाहरु भेटिएमा आगामी दिनमा उनीहरुलाई पनि सहयोग गर्ने वडा अध्यक्ष तामाङले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार