अब रामेछापमा भौतिक उपस्थितिमा पठनपाठन सन्चालन हुने

अब रामेछापमा भौतिक उपस्थितिमा पठनपाठन सन्चालन हुने

रामेछाप जिल्लामा भौतिक उपस्थितिमा पठनपाठन सन्चालन हुने छ । आज बसेको कोरोना रोकथाम तथा नियन्त्रण समिति (डिसिसिएमसी) को बैठकले जिल्लाका सबै सामुदायिक तथा निजी बिद्यालय संचालन गर्न दिने निर्णय गरेको हो ।

लामो समयदेखि भौतिक रुपमा विद्यालय संचालन नभएको, सबै विद्यार्थीको पँहुचमा इन्टरनेट नभएको, कोभिड–१९ को जिल्लाको अवस्था विश्लेशण गर्दा घट्ने क्रममा रहेको र स्मार्ट लकडाउन सम्बन्धी कार्यविधि, २०७८ बमोजिम स्मार्ट लक डाउनको अवस्था देखिएको हुँदा यसै कार्यबिधीलाई प्रयोग गर्दै सबै कक्षाहरु संञ्चालन गर्न दिईने निर्णय गरिएको प्रजिअ गौलोचन शैजूले बताउनुभयो ।

साथै जिल्लामा अर्को आदेश नहुँदा सम्मको लागि जारी निषेधाज्ञा पूर्ण रुपमा हटाएको पनि उहाँले बताउनुभयो । तर जिल्लामा सबै प्रकारका भिडभाड सभा, जुलुस,मेला,जात्रा भने गर्न नपाईने प्रजिअ शैजूले बताउनुभयो ।

No photo description available.

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार