स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना सङ्क्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएका व्यक्तिलाई स्क्रब टाइफसको पनि परीक्षण गराउन आग्रह गरेको छ । मन्त्रालयले हिजो एक सूचना जारी गर्दै कोरोना सङ्क्रमणको लक्षण देखिएर परीक्षण गराउँदा नेगेभिट आए पनि स्क्रब टाइफसको परीक्षण गराउन आग्रह गरेको हो ।
स्क्रब टाइफस देखिए उच्च ज्वरो आउने, जोर्नी मांशपेशी दुख्ने, शास फेर्ने समस्या हुने जस्ता लक्षण देखिने भएकाले धेरै व्यक्तिले कोरोना परीक्षण गराउने तर, नेगेभिट रिपोर्ट आएपछि अन्य परीक्षण नगर्दा गम्भीर समस्या देखिने मन्त्रालयका सह. प्रवक्ता डा. समिर कुमार अधिकारीले जानकारी दिनुभयो ।
उहाँले पछिल्लो समय स्क्रबा टाइफसका कारण मानिसहरु बिरामी हुन सक्ने आँकलन गरिएकाले सबैलाई सचेत रहन पनि आग्रह गर्नुभयो । साथैस्क्रब टाइफस समयमा नै पहिचान हुन सके पूर्णरुपमा निको हुने उहाँको भनाइ छ ।


			
                                    
                                    
                                    
                                    
                                    
                                    