लघु वित्त तथा वित्तीय संस्थाहरूले १५ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने

लघु वित्त तथा वित्तीय संस्थाहरूले १५ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने

नेपाल राष्ट्र बैँकले लघु वित्त तथा वित्तीय संस्थाहरूले १५ प्रतिशतभन्दा बढी ब्याज लिएको भए तत्काल जानकारी गराउन सर्वसाधारणसँग अनुरोध गरेको छ । रामेछाप,जनकपुर, दोलखा लगायत बिभिन्न जिल्लाका पीडितहरूले आफूहरूले लघु वित्त तथा वित्तीय संस्थाहरूलाई २४ प्रतिशतसम्म व्याज तिर्नुपरेको गुनासो गरेका छन ।

राष्ट्र बैँकका प्रवक्ता देवकुमार ढकालले ‘घ’ वर्गका लघु वित्त÷वित्तीय संस्थाहरूले प्रवाह गर्ने कर्जाको अधिकतम व्याजदर नै १५ प्रतिशत तोकिएकाले त्योभन्दा धेरै व्याज लिएको भए जानकारी गराउन अनुरोध गर्नुभयो ।

बजारमा ‘घ’वर्गका लघु वित्त÷वित्तीय संस्थाहरूले धेरै व्याज लिएको गुनासो आइरहेको र अनुगमनको काम पनि भइरहेको राष्ट्र बैँकले जनाएको छ । त्यसैका आधारमा अघिल्लो वर्ष ‘घ’ वर्गका लघु वित्त÷वित्तीय संस्थाहरूले १५ प्रतिशतभन्दा धेरै व्याज लिन नपाइने निर्णय गरिएको प्रवक्ता ढकालको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार