कवि नवीन गाउँलेको कविता संग्रह मैनबत्तीको आगो विमोचन हुँदै

कवि नवीन गाउँलेको कविता संग्रह मैनबत्तीको आगो विमोचन हुँदै

कवि नवीन गाउँलेको कविता संग्रह मैनबत्तीको आगो विमोचन हुने भएको छ ।

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं ७ घर भएका कवि गाउँलेकोे दोश्रो कविता संग्रह मैनबत्तीको आगो विमोचन गर्ने तयारी भईरहेको कवि गाउँलेले बताउनुभयो ।

विभिन्न विषयवस्तुहरुमा रहेर कविता मार्फत कलम चलाइरहनुभएका कवि गाउँलेको यस अघि फूलसँग हराउँदा भन्ने कविता संग्रह बजारमा आईसकेको छ ।

मैनबत्तीको आगो कविता संग्रह यहि भदौ १२ गते विमोचन गर्ने तयारी भइरहेको कवि गाउँलेले ईरामेछाप डट कमलाई जानकारी दिनुभयो ।

रामेछाप नगरपालिकाको सभाहलमा नगरपालिकाका प्रमुख नर ब थापा मगरद्धारा मैनबत्तीको आगो कविता संग्रह विमोचन हुने उहाँले बताउनुभयो ।

कविता लेखनकै माध्यमबाट चिनिनुभएका अनुहारमध्ये कवि गाउँले पनि एक हुनुहुन्छ ।

कवि गाउँले हल्लाको पछि नलागीकन निरन्तर कविता लेख्ने र कविता वृद्धि विकासमा चिन्तन गरिरहने सशक्त युवा कविको रुपमा कवि गाउँलेलाई लिइन्छ ।

कवि गाउँलेका प्रत्येक कविताहरु ढुंगाका कापबाट निस्किएको ज्वाला जस्ता र आरनको भुंग्रोमा फलाम पगालेर बनाइएका हतियार जस्ता धारिला छन ।

उहाँको  दुईसय भन्दा बढी फुटकर कविताहरु विभिन्न अनलाईन तथा पत्रपत्रिकाहरुमा प्रकाशित भईसकेको छ ।

कवि मगर ईरामेछाप डटकमका सहसम्पादक समेत हुनुहुन्छ । ईरामेछाप डटकममा उहाँको धेरै कविताहरु प्रकाशित भइसकेको छ ।

मैनबत्तीको आगो कविता संग्रह सम्पुर्ण साहित्य प्रेमीहरुको मनमा बस्न सफल होस ईरामेछाप डटकम परिवार सफलताको शुभकामना व्यक्त गर्दछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार