मृगौला पींडित मनुद्धारा सहयोगको अपिल

मृगौला पींडित मनुद्धारा सहयोगको अपिल

स्वास्थ्यसमाचार

मृगौला पींडित पाल्पाकी मनु रानाले सहयोगको याचना गरेकी छन् । पाल्पा रिब्दीकोट गाउंपालिका वडा नम्बर २ देउरालीकी मनु रानाको दुवै मृगौला फेल भएका छन् ।

दुवै मृगौलाले काम गर्न छोडेपछि ३६ वर्षिय रानाले उपचारको लागि सबैसंग आर्थिक सहयोगको लागि अनुरोध गरेकी छन् । स्वास्थ्यचौकीदेखि विभिन्न अस्पतालहरुले दुवै मृगौला फेल भएको प्रमाणित गरेपछि अहिले उनको बुटवलको रामनगरस्थित गौतमबद्ध सामूदायिक मुटु अस्पतालमा उपचार भैरहेको छ ।

उनले हप्ताको दुई दिन सोही अस्पतालमा डाइलोसिस गर्दै आएकी छन् । गत बैशाखको दोस्रो सातादेखि बुटवल उपमहानगरपालिका वडा नम्बर १२ कलुवामा बसी मनु रानाले मुटु अस्पतालमा डायलोसिस गराउंदै आएको बताइन । डाइलोसिका लागि सरकारले निःशुल्क गर्दिय पनि अन्य उपचार महङो हुने भएकाले खर्च जुटाउन नसकिएको उनले बताइन । डाइलोसिसपछि मृगौला प्रत्यारोपण गर्न सरकारी अस्पतालमा ७ देखि १० लाख र नीजि अस्पतालमा २२ देखि २५ लाखसम्म लाग्ने अस्पतालले बताएको पींडित मनुले बताइन ।

गरिबीका कारण अस्पतालहरुले भनेजति पैसा जम्मा गर्न नसक्ने भएकाले सबैसंग आर्थिक सहयोगका लागि पींडित मनुले आग्रह गरेकी छन् । उपचारका लागि पुर्खौली सम्पति नभएको र आफ्नो जागरिक, पेशा व्यवसाय केही नभएकाले समस्या भएको बताइन । दुईवटा पाटाका टुक्रा र एउटो सामान्य खरले छाएको सानो घर बाहेक अरु सम्पती केही नभएकाले पनि उपचार गराउने पैसाको अभाव भएको छ मृगौला पींडित मुनुलाई ।

बाच्न मन लागेको र बाच्नका लागि मृगौला प्रत्यारोपण गर्नुपर्ने भएकाले अहिले मनु रानाको नाममा शाईन रेसुङा डेभलपमेण्ड बैंकमा खाता खोलिएको छ । खाता नम्बर ००१००७००१५८४६९०००००१ नम्बर रहेको छ । खाता खोलेर मनुलाई बचाउनका लागि सहयोगका लागि अनुरोध गरिएको छ ।

छोराछोरी पढाउनका लागि बुटवल १२ कलुवामा भाडामा लिएको कोठामा बसेर मृृगौला पींडित मनुको उपचारमा भाई तिलक गाहाले सहयोग गरेका छन् ।

मनुका श्रीमानले बुटवलमै सामान्य चौकीदारीको जागिर गर्दै आएका छन् । खाना मिठो नहुने र हस्को आउन थालेपछि बुटवलको नयांगाउंस्थित स्वास्थ्य चौकीमा चेकजांच गराउंदा मनुको मृगौला फेल भएको पत्ता लागेको थियो । स्वास्थ्य चौकीको रिर्पोटले मृगौला फेल भएको भनेपछि उक्त रिर्पोटप्रति विश्वास नलागेपछि मनुको बुटवलस्थित गौतमबुद्ध सामूदायिक अस्पतालमा चेकजाच गरिएको थियो ।

मुटु अस्पतालले पनि मृगौला फेल भएको रिर्पोट दिएपछि अझै विश्वास नलागेर काठमाण्डौको टिचिङ, निदान र भक्तपुरको मानव अंग प्रत्यारोपण केन्द्रमा चेक गराउंदा पनि रिर्पोट मृगौला फेल भएकै आएपछि उपचार शुरु गरिएको मनुका भाइ तिलक गाहाले बताए । मनुका दुवै मृगौला फेल भएपछि अहिले घर परिवपार र आफन्हरु उपचारमा लागेका छन् ।

आर्थिक अवस्था कमजोर भएपछि ६ वर्षको सानी छोरीलाई गुल्मी दिदीको घरमा पढ्न पठाएर मनुको परिवार उपचारको लागि सहयोग जुटाउन लागि परेका छन् । तर उपचार गराउन लागेको दुई महिना हुंदासम्म कसैले केही सहयोग गरेका छैनन् भने उनको उपचारमा अहिलेसम्म दुई लाख बढी खर्च भैसकेको घरपरिवारले बताएको छ ।

मृगौला प्रत्यारारेपाणपछि पनि दुई महिना बढी काठमाण्डौ डाक्टरको निगरानीमा बस्नु पर्ने र केही महिनासम्म मासिक ९० हजार बराबरको दवाई खानु पर्ने भएकाले मनुको उपचार कसरी गर्ने भन्ने विषयमा मनुको घर परिवार र आफन्तहरु चिन्तित छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार