बलात्कार गरेर फरार बालक रामेछापको सुनापतीबाट पक्राउ

बलात्कार गरेर फरार बालक रामेछापको सुनापतीबाट पक्राउ

जिल्ला प्रहरी कार्यालय रामेछापले बलात्कार गरेर फरार एक बालकलाई पक्राउ गरेको छ । जिल्ला अदालत रामेछापले जबरजस्तिकरणीमा १२ वर्ष ६ महिना कैद फैसला सुनाएदेखी फरार रहेका बालकलाई आज पक्राउ गरेको हो । रामेछापको सुनापति गाउँपालिका वडा १ धारापानी घर भएका ति बालकलाई प्रहरीले उनको घरमै गएर पक्राउ गरेको हो । ति बालकलाई आबश्यक कार्बाहीको लागि जिल्ला प्रहरी कार्यालय रामेछाप ल्याइएको छ । पक्राउ परेका बालकको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन ।

यस्तै चोरी मुद्दामा तीन बर्ष ५ महिना जेल सजाय पाएर फरार रहेका अर्का एक बालकलाई पनि प्रहरीले पक्राउ गरेको छ । रामेछापको लिखु तामाकोसी गाउँपालिका वडा नं ५ घर भएका बालकलाई जिल्ला अदालतल रामेछापले तीन बर्ष जेल ५ महिना कैद फैसला सुनाएको थियो । अदालतको फैसलापछि फरार रहदै आएका ति बालकलाई धोवी डाँडाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार