शान्तिश्रीको आवाजमा तिजको गित बजारमा (भिडियो सहित)

शान्तिश्रीको आवाजमा तिजको गित बजारमा (भिडियो सहित)

रामचन्द्र बोगटीको शब्द मा रहेको तिजको मार्मिक गित बजारमा सार्वजनिक भएको छ । पछिल्लो समयमा देखा परेको कोभिड १९ को प्रभावको कारण श्रीमान गुमाएका महिलाको पीडा लाई गितमा जस्ताको त्यस्तै उतारिएको छ।

प्रकाश भट्टको निर्देशन मा रहेको गित बिष्णु शर्माले सम्पादन गरेका छन । “माहामारीमा आमा” भन्ने गित को बोलमा शान्तिश्री परियारको स्वर रहेको तिज को मार्मिक गितको म्युजिक भिडियो समेत निर्माण गरिएको छ । गितको भिडियोमा अञ्जली अधिकारी ,निक शर्मा, रमा थपलियाको अभिनय देख्न सकिन्छ।

गितको भिडियो धर्मस्थली काठमाडौमा छायांकन गरिएको छ । पछिल्लो समय मा भियुजको लागि मात्र भएपनी तिजको मर्म विपरीत रुपबाट गित बजारमा आइरहेको बेला भोगिरहेको यथार्थ भोगाइ लाई गितमा समावेश गरि उक्त तिज को गित बजारमा ल्याएको बोगटीको भनाइ छ।

https://www.youtube.com/watch?v=Jfe2QMnGukw

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार