सत्तारुढ दल नेकपा एमालेको अन्तरिक विवाद समाधानका लागि गठन गरिएको कार्यदलले आज सहमति जुटाउने नेताहरूले दावी गरेका छन् । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच पछिल्लो पटक भएको छलफलपछि कार्यदलको बैठक नियमित जस्तै बसिरहेको छ । हिजो बसेको कार्यदलको बैठकमा बिभिन्न ५ बुँदामा एकमुस्ट सहमतिको प्रस्ताव तयार पारिएको र त्यसबारेमा आज पनि छलफल गरिने वार्ता टोलीमा अध्यक्ष ओलीको तर्फबाट संयोजक बन्नुभएका नेता सुवासचन्द्र नेम्वाङले बताउनुभयो । उहाँका अनुसार आज सहमति गर्नेगरी हिजो कार्यदलको बैठकबाट नेताहरू उठेका छन् । यद्यपी कार्यदलको आजको बैठक कतिबेला बस्ने भन्ने बारेमा कुनै जानकारी नआएको संयोजक नेम्वाङले जानकारी दिनुभयो ।