रामेछाप लगायत देशभर वर्षा, विभिन्न स्थानमा बाढी र पहिरो

रामेछाप लगायत देशभर वर्षा, विभिन्न स्थानमा बाढी र पहिरो

आज देशभर मनसुनी वायुको प्रभाव रहेको छ । सामान्यदेखि पूर्ण बदली भएर काठमाडौ उपत्यकालगायत देशका विभिन्न भागमा रातिदेखि लगातार वर्षा भइरहेको छ । प्रदेश १, २ बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान र सुदूरपश्चिम तथा कर्णाली प्रदेशका केही स्थानमा ठूलो वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । लगातारको वर्षाका कारण आएको पहिरोले नारायणगढ मुग्लिन सडकखण्ड र भीमदत्त राजमार्ग अवरुद्ध भएको छ ।

पहिरोका कारण सयौं यात्रु बाटोकै अलपत्र परेका छन् । उक्त स्थानमा पहिरो पन्छाएर बाटो खुलाउने कार्य भइरहेको प्रहरीले जनाएको छ । प्रदेश १, २ बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान र सुदूरपश्चिम तथा कर्णाली प्रदेशको पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको महाशाखाको अनुमान छ । साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन÷यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन पनि महाशाखाले सबैमा अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार