आज मुलुकका बिभिन्न स्थानमा पानी पर्ने सम्भावना

आज मुलुकका बिभिन्न स्थानमा पानी पर्ने सम्भावना

देशभरको आजको मौसम सामान्यदेखि पूर्ण बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशभर मनसुनी वायुको प्रभाव छ । अहिले दक्षिणी भू–भाग नजिक मनसुनी न्यून चापिय रेखा रहेकाले पनि मौसम बदली भएको हो । अहिले देशभर सामान्यदेखि पूर्णतया बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाहाले जनाएको छ ।

दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने मौसमविदले बताएका छन् । देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, प्रदेश २ र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षा तथा प्रदेश १ का एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ । राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने अनुमान गरिएको छ ।

धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश २ का एक–दुई स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना छ । पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहाव जोखिम रहेको, नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले भनेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार