२४ घण्टामा देशभर ६ हजार ६३६ जना कोरोना सङ्क्रमणमुक्त

२४ घण्टामा देशभर ६ हजार ६३६ जना कोरोना सङ्क्रमणमुक्त

२४ घण्टामा देशभर ३ हजार ४७९ जना सङ्क्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले आज नियमित जानकारीका क्रममा दिएको जानकारी अनुसार विभिन्न जिल्लामा गरिएको १० हजार ४७१ पीसीआर परीक्षणमा ३ हजार २४ जनामा कोरोना पुष्टि भएको हो ।

यसैगरी, ३ हजार २६२ एन्टिजेन परीक्षणमा ४५५ जनामा कोरोना सङ्क्रमण देखिएको छ । पीसीआर र एन्टिजेन परीक्षणबाट कुल ३ हजार ४७९ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यस्तै, २४ घण्टामा ६ हजार ६३६ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । नेपालमा सक्रिय सङ्क्रमितको संख्या ८९ हजार २१७ पुगेको छ । मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरी थप ९९ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ हजार ८९८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार