रामेछापमा थपिए ७४ जना कोरोना संक्रमित,एक वृद्धको मृत्यु

रामेछापमा थपिए ७४ जना कोरोना संक्रमित,एक वृद्धको मृत्यु

रामेछापमा कोरोना संक्रमणबाट आज एक वृद्धको मृत्यु भएको छ । जिल्लाको खाँडादेवी गाउँपालिका वडा नं ४ का वर्ष ९० की एक महिलाको निधन भएको छ । उनमा हिजो कोरोना संक्रमण पुष्टि भएको थियो । जिल्लामा आज ७४ जना कोरोना संक्रमित थपिएका छ्न ।दोरम्बा गाउँपालिकामा ४४ जना र प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा ४ जनामा आज पिसिआर परिक्षण मार्फत कोरोना संक्रमण देखिएको छ ।

यस्तै जिल्ला अस्पतालमा ६ जना, प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा २ जना, रामेछाप नगरपालिकामा ४ जना,उमाकुण्ड गाउँपालिकामा ४ जना , खाँडादेवी गाउँपालिकामा ५ जना,गोकुलगंगा गाउँपालिकामा २ जना,दोरम्बा गाउँपालिकामा १ जना,र लिखुतामाकोसी गाउँपालिकामा २ जनामा एन्टिजिन पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ ।

यो सँगै कोरोनाको दोश्रो लहर अन्तर्गत जिल्लामा कोरोना संक्रमित हुनेको संख्या एक हजार ५ सय ८१ पुगेको छ । पिसिआर परिक्षण मार्फत १ हजार १ सय ४ र एन्टिजिन परिक्षण मार्फत ४७७ जनामा कोरोना संक्रमण देखिएको हो ।

यी मध्ये एक हजार ७ जना उपचार पछि स्वास्थ भैसकेका छ्न ।जिल्लामा कोरोनाका सक्रिय संक्रमित संख्या ५६३ जना रहेको छ । १६ जनालाइ भने जिल्लामा उपचार सम्भव नभएर अन्यत्र रिफर गरिएको छ । जिल्लामा कोरोना संक्रमण भएर ११ जनाले ज्यान गुमाएका छ्न । जिल्लाका १५ जनाको पिसिआर रिपोर्ट आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार