रामेछापमा थपिए ९८ जना कोरोना संक्रमित,आज ३० जना निको

रामेछापमा थपिए ९८ जना कोरोना संक्रमित,आज ३० जना निको

रामेछाप जिल्लामा आज एकै दिन ९८ जना कोरोना संक्रमित थपिएका छ्न । रामेछाप नगरपालिकामा ३४ जना,उमाकुण्ड गाउँपालिकामा ३७ जनामा आज पिसिआर परिक्षण मार्फत कोरोना संक्रमण देखिएको छ ।

यस्तै प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा ६ जना, उमाकुण्ड गाउँपालिकामा ३ जना , खाँडादेवी गाउँपालिकामा १ जना,सुनापती गाउँपालिकामा १६ जना र लिखुतामाकोसी गाउँपालिकामा १ जनामा एन्टिजिन पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ ।

यो सँगै कोरोनाको दोश्रो लहर अन्तर्गत जिल्लामा कोरोना संक्रमित हुनेको संख्या एक ५ सय ७ पुगेको छ । पिसिआर परिक्षण मार्फत १ हजार ५६ र एन्टिजिन परिक्षण मार्फत ४५१ जनामा कोरोना संक्रमण देखिएको हो । यी मध्ये ९८६ जना उपचार पछि स्वास्थ भैसकेका छ्न ।

जिल्लामा कोरोनाका सक्रिय संक्रमित संख्या ५११ जना रहेको छ । १६ जनालाइ भने जिल्लामा उपचार सम्भव नभएर अन्यत्र रिफर गरिएको छ । जिल्लामा कोरोना संक्रमण भएर १० जनाले ज्यान गुमाएका छ्न । अझै जिल्लाका ९२ जनाको पिसिआर रिपोर्ट आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार