कोरोना संक्रमणबाट रामेछाप दिमिपोखरीका एक पुरुषको मृत्यु

कोरोना संक्रमणबाट रामेछाप दिमिपोखरीका एक पुरुषको मृत्यु

रामेछापमा कोरोना भाइरस(कोभिड–१९) का कारण एक पुरुषको मृत्यु भएको छ । आज बिहान ३ बजे जिल्लाको सुनापती गाउँपालिका–२ दिमिपोखरी निवासी ६३ बर्षका एक पुरुषको कोरोना संक्रमणको कारण ज्यान गएको स्वास्थ्य कार्यालय रामेछाप जनाएको छ ।

बैशाख २६ गते कोरोना पोजेटिभ आएपछी उनी होम आईसोलेसनमा बसेका थिए । केहिदिन पछी स्वास्थ्यमा समस्या देखापरेपछी उनलाई उपचारको लागी सुनापाति कोभिड अस्पतालले काठमाडौँ रिफर गरेको थियो ।

काठमाडौँको अस्पतालमा बेड नपाएपछी उनलाई बैशाख २९ गते राती ११ बजे मन्थली प्राथामीक स्वास्थ्य केन्द्रमा ल्याएर भर्ना गरिएको थियो । कोरोना संक्रमणको कारण रामेछापमा घर भएका अन्य मानिसको मृत्यु भएपनी रामेछापमा कोरोनाको कारण मृत्यु भएको भने यो पहिलो घट्ना हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार