विभिन्न जिल्लामा निषेधाज्ञा थपियो

विभिन्न जिल्लामा निषेधाज्ञा थपियो

कोरोनाभाइरसका सङ्क्रमित थपिँदै गइरहेकोले देशका विभिन्न जिल्लामा जारी निषेधाज्ञालाई थप गर्दै कडाइ गरिने भएको छ।सल्यान, गोरखा, बाजुरा, मकवानपुर, धनुषा, काभ्रे, झापालगायत जिल्लामा फेरि निषेधाज्ञाको समय थप गरिएको छ ।

सल्यान र गोरखामा जेठ १५ गतेसम्म निषेधाज्ञा गरिने सम्बन्धीत जिल्ला प्रशासन कार्यालयहरूले जनाएका छन् । यस्तै बाजुरामा जेठ ७ गते राति १२ बजेसम्म निषेधाज्ञा लगाइएको छ ।

मकवानपुरमा पनि निषेधाज्ञा थप गर्दै जेठ १३ गतेसम्म पु¥याइएको छ। साथै प्रदेश नम्बर २ को धनुषामा १० दिन निषेधाज्ञा थप गरिएको छ।वैशाख ३१ गते राति १२ बजेदेखि जेठ १० गते राति १२ बजेसम्मको लागि जिल्ला प्रशासन कार्यालय धनुषाले निषेधाज्ञा जारी गरेको हो ।

झापामा पनि निषेधाज्ञा थपेर जेठ ७ गतेसम्म जारी गर्ने निर्णय गरिएको छ। हालसम्म काठमाडौं उपत्यकासहित देशका ७० बढी जिल्लामा निषेधाज्ञा लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार