कोरोना सङ्क्रमण न्युनीकरणमा रामेछापका स्थानीय तह सक्रिय

कोरोना सङ्क्रमण न्युनीकरणमा रामेछापका स्थानीय तह सक्रिय

रामेछापमा कोरोना सङ्क्रमणको दर बढेपछि स्थानीय तहहरु सङ्क्रमण न्यूनिकरणमा सक्रिय भएका छन् । जिल्लामा कोरोनाको दोस्रो लहरका कारण सङ्क्रमण दर बढ्दै जादा ८ वटै स्थानीय तहहरु सङ्क्रमण न्यूनिकरणमा जुटेका हुन् ।

कोरोना सङ्क्रमितहरुको पहिचान, ओसारपसार तथा उपचार र आइसोलेसनमा राख्नेदेखि पूर्वाधार विकाससम्ममा स्थानीय तहहरु क्रियाशील बनेका छन् । बढ्दो सङ्क्रमणको लहरलाई रोकथाम तथा न्यूनीकरण गर्न स्वास्थ्य कार्यालय रामेछापले स्थानीय तहहरुलाई सहजीकरण गर्दै आएको छ ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको निर्णय अनुसार हाल सबै स्थानीय तहहरुले आवश्यकता अनुसार आइसोलेसन कक्षको निर्माण गरेका छन् । जिल्लामा ११६ वटा आइसोलेसन वेड निर्माण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार