रामेछाप सहित निषेधाज्ञा गर्ने जिल्लाको सङ्ख्या ७३ पुग्यो

रामेछाप सहित निषेधाज्ञा गर्ने जिल्लाको सङ्ख्या ७३ पुग्यो

देशमा रामेछाप सहित निषेधाज्ञा लागू गर्ने जिल्लाको सङ्ख्या ७३ पुगेको छ । कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका लागि ६७ जिल्लामा जिल्लाभर र ६ जिल्लामा आंशिक निषेधाज्ञा लागू भएको गृह मन्त्रालयले जनाएको छ ।

रामेछाप जिल्लाभर आज राति १२ बजेदेखी निषेधाज्ञा हुने छ । भोजपुरमा गएरातिदेखि निषेधाज्ञा शुरु भएको छ भने मुस्ताङमा आज राति १२ बजेदेखि निषेधाज्ञा शुरु हुँदैछ ।

गृह मन्त्रालयका अनुसार मनाङ, रुकुमपूर्व, तेह्रथुम र खोटाङले निषेधाज्ञा लागू गरेका छैनन् । निषेधाज्ञाकै बीच सङ्क्रमण भने बढिरहेको छ । नेपालमा यही बैशाख ७ गतेदेखि निषेधाज्ञाको आदेश लागू गरी नियन्त्रणको प्रयास भएको थियो ।

बैशाख १६ गतेदेखि भने आदेश लागू गर्ने क्रम तीव्र भएको थियो । एक महिनाको अवधिमा देश नै ठप्प हुनेसम्मको अवस्थामा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार