रामेछाप प्रहरीले अक्सिजन सिलिण्डर जिल्ला अस्पताललाई बुझायो

रामेछाप प्रहरीले अक्सिजन सिलिण्डर जिल्ला अस्पताललाई बुझायो

स्वास्थ्यबाहेक अन्य प्रयोजनमा प्रयोग भइरहेको १५ वटा अक्सिजन सिलिन्डर रामेछाप प्रहरीले नियन्त्रणमा लिएर जिल्ला अस्पताल रामेछापलाई हस्तान्तरण गरेको छ ।

कोरोना संक्रमितका उपचारका लागि अक्सिजनको चरम अभाव भइरहेको बेला स्वास्थ्यबाहेक अन्य प्रयोजनका लागि प्रयोग भइरहेका सिलिण्डर नियन्त्रणमा लिएर अस्पताललाई बुझाइएको रामेछाप प्रहरीले जनाएको छ ।

जिल्लाका विभिन्न मोटर पार्ट्स, गृल उद्योग,ग्यारेजबाट खाली सिलिण्डर बरामद गरी अस्ताललाई बुझाइएको हो । स्वास्थ्य प्रयोजनबाहेक अन्य कार्यका लागि स्टक गरी राख्ने व्यक्ति तथा सम्बन्धित निकायलाई आवश्यक कारवाहीको लागि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

अहिलेको विषम परिस्थितिमा स्वास्थ्यबाहेक कोही कसैले अन्य प्रयोजनको लागि स्टक नगरिदिन आग्रह गर्दै प्रहरीले जथाभावी तवरबाट स्टक गरेको पाइएमा प्रचलित कानून बमोजिम कारवाही हुने जनाएको छ ।

विभिन्न कम्पनी, संघसंस्था तथा व्यक्तिहरूसँग आवश्यकता भन्दा बढी सिलिन्डर छन् भने त्यस्ता सिलिन्डरहरू उपलब्ध गराई सहयोग गर्न समेत प्रहरीले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार