आज ७ हजार २ सय ११ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

आज ७ हजार २ सय ११ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप ७ हजार २ सय ११ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट ७ हजार १ सय ३४ र एन्टिजेन विधिबाट ७४ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यो नेपालमा एक दिनमा भेटिएको अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित हो । हिजो मात्र नयाँ सङ्क्रमितको संख्यामा रेकर्ड ५ हजार ७ सय ६३ सङ्क्रमित फेला परेका थिए । एकै दिनमा यो रेकर्ड तोडिएको हो ।

२४ घण्टामा काठमाडौं उपत्यकामा तीन हजार ५ सय ९५ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा दुई हजार ७ सय ४४, ललितपुरमा ५ सय ५० र भक्तपुरमा ३ सय १ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा देशभर ७ हजार २ सय ११ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।योसँगै नेपालमा कूल सङ्क्रमितको संख्या ३ लाख ३६ हजार ३० पुगेको छ । यही अवधिमा थप १ हजार ६१२ जना निको पनि भएका छन् ।

नेपालमा हालसम्म २ लाख ८३ हजार ९९४ जना सङ्क्रमित निको भइसकेका छन् । पछिल्लो २४ घण्टामा २७ जनाको मृत्यु भएको छ । हाल सम्म ३३ सय २५ जनाको मृत्यु भैसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार