पछिल्लो २४ घण्टामा नेपालमा पाँच सय ३४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

पछिल्लो २४ घण्टामा नेपालमा पाँच सय ३४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

पछिल्लो २४ घण्टामा नेपालमा पाँच सय ३४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ३५ सय ८८ जनाको पीसीआर परीक्षण गर्दा चार सय ९० जना र पाँच सय ६४ जनाको एन्टिजेन परिक्षण गर्दा ४४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा सङ्क्रमण पुष्टि भएका पाँच सय ३४ जनासहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख ८२ हजार ५४ पुगेको छ । यस्तै २४ घण्टामा एक सय ५७ जना निको भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ७४ हजार ६ सय चार पुगेको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या पनि बढेर ४३ सय ८४ पुगेको छ । पछिल्लो २४ घण्टामा पाँच जनाको ज्यान गएसँगै सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या तीन हजार ६६ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार