नेपाल बिद्यार्थी संघ रामेछापको इकाई पुनर्गठन

नेपाल बिद्यार्थी संघ रामेछापको इकाई पुनर्गठन

नेपाल बिद्यार्थी संघ जिल्ला कार्य समिति रामेछापले जिल्लामा रहेका सबै क्याम्पस र माध्यामिक विद्यालयहरूमा रहेका नेविसंघ इकाईहरूको १ महिना भित्र पुनर्गठन गर्ने निर्णय गरेको छ । ने वि संघ रामेछापको मन्थलीमा बुधवार बसेको जिल्ला कार्यसमितिको बैठकले आगामी १ महिना भित्र जिल्लाका सबै क्याम्पस र माध्यामिक विद्यालयमा यस अघि गठन भएका नेविसंघका इकाइहरू पुनर्गठन गर्न पालिका स्तरीय जिम्मेवारी वाडाफाड समेत गरेको छ ।

जस अनुसार मन्थली नगरपालिकामा सुन्दर घिमिरे,उत्तम कुमार कार्की, र विमल पौडेल, रामेछाप नगरपलिकामा सुशिल हरि वख्रेल, युवराज सुवेदी र केदार थापा लाई जिम्मेवारी दिइएको छ । त्यसैगरी गोकुलगंगा गाँउपालिकामा धिरज खत्री, सविन बिक, उमाकुण्ड गाँउपालिकामा श्रीराज भण्डारी, रमेश कार्की र दिनेश कार्कीलाई जिम्मेवारी दिइएको छ ।

त्यस्तै लिखु तामाकोशी गाँउपालिकामा विनोद वुढाथोकी र प्रचण्ड सुनुवार साथै खाँडादेवी गाँउपालिकामा प्रभाकर ढुंगेल, नविन कार्की र महेश भट्टराई लाई जिम्म्ेवारी दिइएको छ भने दोरम्वा गाँउपालिकामा शुशिल अधिकारी र सुनापाति गाँउपालिकामा सुशिल अधिकारी,सुजन घिसिङ,रुपक खड्का र अमृत भुजेललाई जिम्मेवारी दिएको छ ।

नेविसंघका जिल्ला अध्यक्ष सुशिल अधिकारीको अध्यक्षतामा वसेको बैठकले मन्थली शहिद स्मृति वहुमुखी क्याम्पसको इकाई अधिवेशन पनि १ महिना भित्रनै गर्ने निर्णय गरेको सो क्याम्पसका स्ववियू सचिब विमल पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार