रामेछापमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस (फोटोफिचर)

रामेछापमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस (फोटोफिचर)

आज १ सय ११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यस वर्ष ‘महिलाको सुरक्षा, सम्मान र रोजगारः समृद्ध नेपालको आधार’ भन्ने राष्ट्रिय सङ्कल्पका साथ यस वर्षको अन्तर्राष्ट्रिय महिला दिवस मनाउन लागिएको छ । रामेछापको मन्थली नगरपालिका,रामेछाप नगरपालिका लगायत अन्य पालिकाहरुमा पनि विभिन्न कार्यक्रमहरु भईरहेका छन ।

समान कामको समान ज्याला पाउनुपर्ने भन्दै सन् १९०८ मार्च ८ का दिन अमेरिकाको न्यूयोर्क शहरको कपडा कारखानामा काम गर्ने महिलाहरुले सुरु गरेको आन्दोलनको संझनामा यो दिवस मनाइन्छ । आन्दोलनको १ सय बर्ष पार हुँदा विश्वका अन्य देशका हरेक क्षेत्रमा महिला र पुरुषको समानता भएपनि नेपालका महिलाहरु भने अझै संघर्षरत छन् । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रूपमा दिवस मनाउँदै गर्दा नेपालमा अनौपचारिक क्षेत्रमा काम गर्ने महिलाका हकमा सरकार खास पहल गर्न सकेको छैन ।

रामेछापमा आयोजित कार्यक्रमका केही तस्विरहरु : 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार