प्रथम सुकाजोर वडा कप फुटबल प्रतियोगिता सुकाजोर युवा विकास समाजले जित्यो

प्रथम सुकाजोर वडा कप फुटबल प्रतियोगिता सुकाजोर युवा विकास समाजले जित्यो

रामेछापको रामेछाप नगरपालिका वडा नं ७ सुकाजोरमा जारी प्रथम सुकाजोर वडा कप फुटबल प्रतियोगिता सुकाजोर युवा विकास समाजले जितेको छ । प्रथम हुँदै सुकाजोर युवा विकास समाजले नगद २० हजारको साथमा शिल्ड मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । प्रतियोगितामा द्धितिय हुन सफल जागरुक युवा क्लबले नगद १५ हजारको साथमा शिल्ड मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।

प्रतियोगितामा तृतिय भएको महाकाली युवा क्लबले नगद १० हजारको साथमा शिल्ड मेडल र प्रमाण पत्र प्राप्त गर्न सफल भएको छ भने प्रतियोगितामा सान्त्वना भएको मुगान ढिपी युवा क्लबले नगद ५ हजारको साथमा प्रमाण पत्र प्राप्त गरेको छ । प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने सुकाजोर युवा विकास समाजका खेलाडी सन्तोष हायु उत्कृष्ट खेलाडीबाट सम्मानित भएका छन भने उदायमान खेलाडीको रुपमा महाकाली युवा क्लबका प्रज्वल हायु सम्मानीत भएका छन ।

२ दिनसम्म सन्चालन भएको प्रतियोगितामा सुकाजोर युवा विकास समाजले सहआयोजकको भुमिका निभाएको थियो । प्रतियोगितामा ६ वटा टिमले सहभागीता जनाएका थिए । वडामा रहेका खेलाडीहरुको हौसल्ला बढाउन यस वर्षदेखी आयोजना गरीएको फुटबल प्रतियोगितामा विजयी हुने खेलाडी तथा समुहहरुलाई उक्त कार्यक्रमका प्रमुख अतिथी एवम रामेछाप नगरपालिकाका उपप्रमुख सृजना खड्काले पुरस्कार वितरण गर्नुभयो ।

सो कार्यक्रममा बोल्दै उपप्रमुख खड्काले पछिल्लो समयमा नगरपालिकामा खेलकुदका गतिविधीहरु बढेको र धेरै वडाहरुबाट विभिन्न प्रतियोगिताहरु सन्चालन हुनुपर्छ भन्ने मागहरु आउन थालेको बताउनुुभयो । सोहि मागहरुको आधारमा क्रमैसँगै विभिन्न खेलकुदका क्रियाकलापहरु सन्चालन हुँदै जाने उहाँले बताउनुभयो । वडा नं ७ का वडाअध्यक्ष समिर कार्कीले अबदेखी हरेक वर्ष वडामा वडा कप आयोजना गरिने र यस्ता प्रतियोगिताहरु मार्फत खेलाडीलाई हौसला बढाउन लागिपर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार