प्रथम सुकाजोर वडा कप फुटबल प्रतियोगिता आजदेखी सुरु

प्रथम सुकाजोर वडा कप फुटबल प्रतियोगिता आजदेखी सुरु

रामेछापको रामेछाप नगरपालिका वडा नं ७ सुकाजोर वडा कप फुटबल प्रतियोगिता आजदेखी सुरु भएको छ । प्रतियोगितामा वडाभित्रका ६ वटा टिमले सहभागीता जनाएका छन । रामेछाप नगरपालिकाका उपप्रमुख सृजना खड्काले प्रतियोगिताको उद्धघाटन गर्नुभयो । उपप्रमुख खड्काले खेलाडी तथा खेल क्षेत्रको विकासका लागी यस्ता प्रतियोगिताहरुले महत्वपुर्ण भुमिका खेल्ने बताउनुभयो ।

वडामा रहेका खेलाडीहरुहरुको रुचि तथा आवश्यकता अनुसार खेलाडीहरुको हौसला बढाउन प्रतियोगिताको आयोजन गरिएको वडा अध्यक्ष समिर कार्कीले बताउनुभयोे । प्रतियोगिता भोलिसम्म जारी रहने छ । रामेछाप नगरपालिका वडा नम्बर ८ टुडिखेलमा प्रतियोगिता सन्चालन भईरहेको छ । प्रतियोगितामा प्रथम हुने समुहले नगद २० हजारको साथमा ट्रफि मेडल तथा प्रमाण पत्र प्राप्त गर्ने छन ।

प्रतियोगितामा द्धितिय हुने समुहले नगद १५ हजारको साथमा ट्रफि मेडल तथा प्रमाण पत्र प्राप्त गर्ने छन । प्रतियोगिता तृतिय हुने समुहले नगद १० हजारको साथमा ट्रफि मेडल तथा प्रमाण पत्र प्राप्त गर्ने छन । भने सान्त्वना हुने सम्ुहले नगद ५ हजारको साथमा प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ । प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई ट्रफि तथा प्रमाण पत्र प्रदान गरिने छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार