हिमगंगाका असहाय तथा विपन्न परिवारका बालबालिकाहरुलाई सहयोग

हिमगंगाका असहाय तथा विपन्न परिवारका बालबालिकाहरुलाई सहयोग

रामेछाप नगरपालिका वडा नंं ४ हिमगंगाका असहाय तथा विपन्न परिवारका बालबालिकाहरुलाई रामेछाप नगरपालिकाले सहयोग गरेको छ । नगरपालिकाको महिला तथा बालबालिका शाखा मार्फत हिमगंगाका २० जना असहाय तथा विपन्न परिवारका बालबालिकाहरुलाई विद्यालय पोशाक,झोला,कपिकलम लगायतका सामाग्रीहरु सहयोग गरिएको हो । हिमगंगाका विभिन्न विद्यालयमा अध्यन गर्ने गरिब,विपन्न,असहाय र टुहुरा बालबालिकाहरुलाई सहयोग गरिएको महिला तथा बालबालिका शाखाका प्रमुख विमला शर्माले जानकारी दिनुभयो । यसअघि वडा नं ५ का २१ जना असहाय तथा विपन्न परिवारका बालबालिकाहरुलाई पनि सहयोग गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार