प्रथम सुकाजोर वडा कप फुटबल प्रतियोगिता हुँदै

प्रथम सुकाजोर वडा कप फुटबल प्रतियोगिता हुँदै

रामेछापको रामेछाप नगरपालिका वडा नं ७ सुकाजोर वडा कप फुटबल प्रतियोगिता हुने भएको छ । वडामा रहेका खेलाडीहरुहरुको रुचि तथा आवश्यकता अनुसार खेलाडीहरुको हौसला बढाउन प्रतियोगिताको आयोजन गरिएको वडा अध्यक्ष समिर कार्कीले जानकारी दिनुभयो । प्रतियोगिता यहि फागुन २२ र २३ गते हुनेछ । रामेछाप नगरपालिका वडा नम्बर ८ टुडिखेलमा प्रतियोगिता सन्चालन हुने छ । प्रतियोगितामा वडा भित्रका खेलाडीहरुले सहभागीता जनाउन पाउने छन ।प्रतियोगितामा प्रथम हुने समुहले नगद २० हजारको साथमा ट्रफि मेडल तथा प्रमाण पत्र प्राप्त गर्ने छन ।

प्रतियोगितामा द्धितिय हुने समुहले नगद १५ हजारको साथमा ट्रफि मेडल तथा प्रमाण पत्र प्राप्त गर्ने छन । प्रतियोगिता तृतिय हुने समुहले नगद १० हजारको साथमा ट्रफि मेडल तथा प्रमाण पत्र प्राप्त गर्ने छन । भने सान्त्वना हुने सम्ुहले नगद ५ हजारको साथमा प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ । प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई ट्रफि तथा प्रमाण पत्र प्रदान गरिने छ । खेलमा सहभागी हुन चाहने खेलाडीहरुले फागुन २१ गतेसम्म वडा कार्यालयमा आएर टिम दर्ता गर्न वडाकार्यालयले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार