गाउँका डाक्टर सुमन सम्मानित

गाउँका डाक्टर सुमन सम्मानित

विगत तीन दशक भन्दा लामो समय देखि निरन्तर ग्रामिण स्वास्थ्य सेवामा समर्पित डा. सुमन कर्माचार्य सम्मनित भएका छन् । रामेछाप जिल्लामा लामो समय देखि चिकित्सा क्षेत्रमा रहेर तिकित्सकको भूमिका निर्वाह गरी जनसेवकको रुपमा काम गर्दै स्वास्थ्य क्षेत्रमा पु¥याएको योगदानको उच्च कदर गर्दै पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त नेशनल ओपन कलेज सानेपाले दुई दशकमा प्रदान गर्ने दशक सम्मानबाट डा. कर्माचार्यलाई सम्मान गरेको हो । सन् २००० मा स्थापना भएको नेशनल ओपन कलेजले चिकित्सा क्षेत्रमा रहेर काम गर्ने चिकित्सकलाई दुई दशकमा प्रदान गर्ने गरी स्थापना गरेको दशक सम्मानद्वारा आफ्नो २१औं वार्षिकोत्सवको अवसर पारेर डा. सुमन कर्माचार्यलाई फागुन विहिबार सम्मान गरेको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपल श्रेष्ठले डा. सुमन कर्माचार्यलाई सम्मान गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार