बैतडीका किशोरी भट्टको बलात्कार तथा हत्या प्रकरणमा पक्राउ परेकालाई आज सार्वजनिक गरिँदै

बैतडीका किशोरी भट्टको बलात्कार तथा हत्या प्रकरणमा पक्राउ परेकालाई आज सार्वजनिक गरिँदै

बैतडीका किशोरी भागरथी भट्टको बलात्कार तथा हत्या प्रकरणमा पक्राउ परेकालाई प्रहरीले आज सार्वजनिक गर्दैछ ।पक्राउ पर्ने व्यक्ति भागरथी पढ्ने सनातन माविमै अध्ययनरत विद्यार्थी दिनेश भट्ट रहेको बताइएको छ । कक्षा ११ मा अध्ययनरत ती युवक भागरथीको छिमेकीसमेत हुन् । उनलाई हिजो प्रहरीले पक्राउ गरेको हो ।प्रहरीले शंकाको घेरामा राखेको ती युवक भागरथीको बलात्कार तथा हत्या आरोपी पक्राउ गर्न गरिएको प्रदर्शनमा समेत सहभागी हुँदै आएका थिए । यथेष्ठ प्रमाण पश्चात हिजो उनलाई पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ ।

विद्यालयबाट फर्कने क्रममा भागरथीलाई बलात्कार र हत्या गरेको ती युवकले स्वीकारिसकेको प्रहरी स्रोतले जनाएको छ । भागरथीको बलात्कार पछि हत्या भएको १२ दिनपछि प्रहरीलाई सफलता मिलेको हो ।दोगडाकेदार गाउँपालिका–७ चडेपानीका १७ वर्षका किशोरी भट्टको शव माघ २२ गते खोचलेक–चडेपानी ग्रामीण सडकखण्डको लवलेक जंगलमा सडकबाट १ सय मिटर तल झाडीमा फेला परेको थियो ।सनातनधर्म माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्यनरत भट्ट२१ गते बिहान १० बजे विद्यालय जानुभएको र त्यही दिन बेपत्ताहुनुभएको थियो । उहाँको भोलिपल्ट शव भेटिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार