एक महिलालाई जबरजस्ती करणी गर्न खोजेको आरोपमा रामेछापबाट एक युवक पक्राउ परेका छन् । जिल्लाको मन्थली नगरपालिका वडा नं ५ सुनारपानीका २७ वर्षीय सविन केसीलाई जबरजस्ती करणी उद्योगको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । रामेछाप नगरपालिका–४ हिमगंगामा जबरजस्ती करणी गर्न प्रयास गरेको पीडित महिलाको मौखिक जानकारीका आधारमा केसीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी प्रहरी निरीक्षक श्रीशंकर श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार केसीलाई अहिले मन्थलीस्थित जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । आरोपित केसीले माघ २९ गते बिहिबार आफूमाथि जबरजस्ती करणीको प्रयास गरेको भनी एक महिलाले प्रहरीलाई मौखिक जानकारी गराएकी थिईन । यस विषमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
जबरजस्ती करणी गर्न खोजेको आरोपमा रामेछाप सुनारपानीका युवक पक्राउ
