रामेछाप गेलुमा बोलेरो गाडी दुर्घटना ५ जना घाइते

रामेछाप गेलुमा बोलेरो गाडी दुर्घटना ५ जना घाइते

रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नम्बर ११ स्थित गेलुको दधिनी भन्ने स्थानमा आज साँझ बोलेरो गाडी दुर्घटना भएको छ । गेलुको नाटिलाबाट सोही वडाको डाँडागाउँ तर्फ जादै गरेको बा १८ च ६९४३ नम्वरको बोलेरो गाडी दुर्घटना हुँदा गाडीमा सबार ५ जना घाइते भएका छन् । घाइते मध्ये एकको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । गाडी दुर्घटनामा परी मन्थली नगरपालिकाका वडा नम्बर ११ का तुलाध्वज मगर, बालकुमार अच्छामी मगर , टंकबहादुर अच्छामी मगर , मन्थली नगरपालिका वडा नम्बर १० का ललितबहादुर मगर र भिमवहादुर पुलामी मगर घाईते भएका छन । घाइते मध्ये भिमबहादुर मगरको अवस्था गम्भिर रहेको बताइएको छ । गाडी चालक भने फरार रहेको प्रहरीले जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार