रामेछाप साँस्कृतिक कलाकार समाज रामेछाप नगर कार्यसमिति गठन

रामेछाप साँस्कृतिक कलाकार समाज रामेछाप नगर कार्यसमिति गठन

रामेछाप साँस्कृतिक कलाकार समाज रामेछाप नगरपालिका कार्य समिति गठन भएको छ । आज रामेछाप नगरपालिकाको सभाहलमा एक कार्यक्रमको विच नयाँ कार्य समिति गठन भएको हो । रामेछाप साँस्कृतिक कलाकार समाजका कार्य समिति सदस्य एवम नगर कार्य समिति गठन कार्यक्रमका संयोजक हरि बहादुर काफले मगरको अध्यक्षतामा भएको उक्त कार्यक्रमबाट नविन पुलामी मगरको अध्यक्षतामा १३ सदस्य नयाँ कार्य समिति चयन गरिएको छ । जसअनुसार कार्यसमितिको महिला उपाध्यक्षमा मिरा शाही ,खुल्ला उपाअध्यक्षमा विवेक मगर , सचिवमा राजन महतारा , सह सचिवमा दिपक सुनुवार ,कोषाध्यक्षमा देव तामाङ र सदस्यहरुमा क्रमश गंगा मगर, समिर लामा,पम्फा मगर,मिना तामाङ,सर्मिला मगर,लक्ष्मी माया मगर र कमला मगर चयन भएका छन । यसैगरी सल्लाहकारमा फिन्जु पाख्रिन र सन्तोष कुमार तामाङ चयन भएका छन । सोहि कार्यक्रमका प्रमुख अतिथि एवम रामेछाप नगरपालिकाका प्रमुख नर बहादुर थापा मगरले नगरपालिकामा गठन भएको समिति प्रति सदैब साथ सहयोग रहने बताउनुभएको छ । रामेछाप नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामचन्द्र लामगादेले आफु पनि गित लेख्ने सर्जक भएकोले कलाकारहरुको हकअधिकारको लागी सधैँ आवाज उठाउने गरेको बताउनुभयो । उहाँले कलाकारहरु राष्टिको गहना भएको र ति गहनाहरुलाई श्रृङगार काम अब स्थानिय तहहरुले गर्नुपर्ने बताउनुभयो । वडा नम्बर ८ का वडाअध्यक्ष केदार कार्कीले नयाँ कार्यसमितिका पदाधिकारीहरुलाई शुभकामना दिदै सधै हातेमालो गरेर अगाडी बढ्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार