रामेछाप देउरालीमा खुल्ला पुरुष भलिबल प्रतियोगिता सुरु

रामेछाप देउरालीमा खुल्ला पुरुष भलिबल प्रतियोगिता सुरु

नेपाल तरुण दल रामेछाप नगरपालिका २ देउरालीले खुल्ला भलिबल प्रतियोगिताको आयोजना गरेको छ । ’स्वास्थ्यका लागी खेलकुद राष्ट्रका लागी खेलकुद’ भन्ने अभियानका साथ शुक्रबार खेलको उद्घाटन भएको छ । भलिबल प्रतियोगिता नेपाली कांग्रेस रामेछापका नेता नारायण भट्टराईले उद्घाटन गर्नुभएको हो । प्रतियोगितामा रामेछाप र ओखलढुंगा जिल्लाका गरि ९ टिमले सहभागीता जनाएको वडा सदस्य सुशिल हरि बख्रेलले जानकारी दिनुभयो । प्रतियोगितामा प्रथम, द्धितिय र तृतीयलाई क्रमश २०, १५ र १० हजार नगद पुरस्कारसहित शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार