पछिल्लो २४ घण्टामा थपिए ५११ संक्रमित, ७ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थपिए ५११ संक्रमित, ७ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा ५११ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५११ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६० हजार ५९ पुगेको छ । पछिल्लो २४ घण्टामा ६०० जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ५१ हजार ९ सय १२ पुगेको छ । सक्रिय संक्रमितको संख्या ६ हजार ३ सय पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८४७ पुगेको छ । २४ घण्टामा काठमाडौं उपत्यकामा ३१२ जना संक्रमित भएका छन् । काठमाडौंमा २२५, ललितपुरमा ४९ र भक्तपुरमा ३८ जना संक्रमित थपिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार