रामेछापमा थप १ जनामा कोरोना संक्रमण पुष्टि, ३ जना आईसोलेसनमा

रामेछापमा थप १ जनामा कोरोना संक्रमण पुष्टि, ३ जना आईसोलेसनमा

रामेछापमा थप १ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । हिजो धुलिखेल प्रादेशिक ल्याबमा पिसिआर परीक्षणका लागी पठाइएको १ जना पुरुषको रिपोर्ट पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय कार्यालय रामेछापले जानकारी दिएको छ । संक्रमित व्यक्ति नेपाल आर्मिमा कार्यरत रहेको र उहाँलाई जिल्ला अस्पताल रामेछापको आईसोलेसनमा राखिएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभयो । हिजौ मात्रै जिल्लाका दुईजना स्वास्थ्यकर्मीमा कोरोना भाइरसको सङ्क्रमण देखिएको थियो । दोरम्बा गाउँपालिका वडा नं ५ र ६ अन्तर्गत रहेको स्वास्थ्य संस्थामा कार्यरत वर्ष ३७ र ३९ का पुरुष स्वास्थ्यकर्मी आईसोलेसनमा रहेका छन । यो सँगै जिल्लामा ३ जना कोरोनाका सकृय संक्रमित आईसोलेसनमा रहेका छन । अझै जिल्लाका २३ जनाको पिसिआर रिपोर्ट आउन बाँकी रहेको छ । हालसम्म जिल्लामा कुल कोरोना सङ्क्रमितको सङ्ख्या दुईसय ६ जना पुगेको छ । यसमध्ये दुईसय तीन जना कोरानामुक्त भई डिस्चार्ज भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार