नेकपाका ९० जना सांसदले आफ्नै दलका अध्यक्ष केपी ओलीको नेतृत्वको सरकार हटाएर कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार बनाउने मागसहित संसदमा प्रस्ताव गर्दा गरेका छन् ।
नेकपाका ९० जना सांसदले आज आइतबार संसद् सचिवालयमा यस्तो प्रस्ताव दर्ता गरेको खुलेको छ ।
संसद् सचिवालयमा प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावसँगै कार्यकारी अध्यक्ष दाहाललाई प्रधानमन्त्री बनाउनुपर्ने प्रस्ताव दर्ता भएको हो ।
प्रस्तावमा भनिएको छ, ‘सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली पदमा रहिरहँदा चुनौती र समस्याहरू अझै गम्भीर बन्दै जाने, संविधानमाथि प्रहार भइरहने र यसबाट जनता एवं देशले ठूलो क्षति व्यहाेर्नुपर्ने हुन्छ । नेपालको संविधानको धारा १०० को उपधारा ४ तथा प्रतिनिधिसभा नियमावली २०७५ को नियम २५३ बमोजिम केपी शर्मा ओलीमाथि सदनको विश्वास छैन भनी अविश्वास प्रस्ताव पेस गर्ने प्रयोजनका लागि संविधानको धारा ९३ को उपधारा ३ अनुसार तत्काल प्रतिनिधिसभाको बैठक बोलाउन अनुरोध गर्दछौँ ।’
प्रस्तावमा थप भनिएको छ, ‘साथै प्रधानमन्त्री ओलीलाई पदमुक्त गरी नेपालको संविधानको धारा १०० को उपधारा ५ बमोजिम प्रधानमन्त्री पदका लागि माननीय पुष्पकमल दाहाललाई प्रस्तावित गरेका छौँ ।’
यस्ताे छ दर्ता गरिएकाे पत्र –