दोलखामा सर्वसाधारणका लागी बन्द गरिएको मठमन्दिर आजबाट खुलेका छन् । जिल्ला संकट व्यवस्थापन समितिको विहिबार बसेको बैठकले मन्दिर, गुम्बा लगाएत धार्मीक स्थलमा लगाइएको निषेधाज्ञा हटाउने निणर्य गरेको हो । मन्दिर व्यवस्थापन समिति तथा गुम्बा व्यवस्थापन समितिले स्वास्थ्य मापदण्डको पुर्ण् पालना गराउँदै जिल्लाको प्रशिद्ध धार्मीक स्थलहरु कालिन्चोक भगवती, दोलखाको भीमेश्वर मन्दिर सहित जिल्लाका सबै धार्मीक स्थल आजबाट सर्वसाधारण भक्तजनका लागी खुल्ला गरिएको छ । कालिन्चोक केवलकार पनि आजबाट सञ्चालनमा आएको छ ।