पछिल्लो २४ घण्टामा १२५५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२५५ जना संक्रमित थपिएका हुन् । यो सँगै नेपालमा जम्मा संक्रमितको संख्या २ लाख ३१ हजार ९ सय ७८ पुगेको छ । पछिल्लो २४ घण्टामा १४०४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख १२ हजार ५ सय ९० पुगेको छ । देशभर १७९०९ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा ९३६८ जनाको पिसिआर परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा २५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्युु हुनेको संख्या १४७९ पुगेको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५४८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ४२२, ललितपुरमा ६१ र भक्तपुरमा ६५ जना कोरोना संक्रमित थपिएका छन् ।
कोरोनाबाट विदेशमा थप ६ नेपालीको मृत्यु
कोरोनाभाइरसका कारण यो साता विदेशमा थप ६ जना नेपालीको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसको सङ्क्रमणबाट विदेशमा मृत्यु हुने नेपालीको संख्या २ सय ९९ पुगेको छ । हालसम्म विभिन्न १९ मुलुकमा रहेका नेपालीको मृत्यु भएको हो । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता साउदी अरबमा ४ जना, पोर्चुगलमा र युकेमा १–१ जना नेपालीको कोरोना भाइरसका कारण मृत्यु भएको हो । यो साता जापान, युके, स्पेन, साइप्रस, रोमानिया, कतार, यूएई र साउदी अरबमा रहेका नेपालीमा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य समितिका संयोजक डा सन्जीव सापकोटाले जानकारी दिनुभयो ।
हिजो साँझसम्म विभिन्न ४५ मुलुकमा ४७ हजार ५ सय ८३ जना गैरआवासीय नेपाली सङ्क्रमित भएकोमा हालसम्म ४३ हजार ५ सय ७४ जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् । यो कुल सङ्क्रमितमध्येको ९१ प्रतिशत रहेको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको कुल संख्या २ लाख ११ हजार १ सय ८६ पुगेको छ । तीमध्ये २ लाख ३० हजार ७ सय २३ जना कोरोनामुक्त भएका छन् । नेपालमा कोरोना सङ्क्रमणबाट मुक्त हुनेको संख्या ९२ दशमलव ५ प्रतिशत रहेको छ । नेपालमा कोरोना भाइरसको संक्रमणको कारणले १ हजार ४ सय ५४ जनाको ज्यान गएको छ ।