पाँचवर्षको लागि निर्वाचित भएको स्थिर सरकारले स्थायी सरकार मानिने निजामती प्रशासनलाई भने विगतको जस्तै अस्थिर बनाएको छ । कर्मचारी प्रशासनमा छिटोछिटो सरुवाको विकृति रोकिएको छैन ।पर्यटन सचिवयादवकोइरालासचिवभएको २ वर्ष नपुग्दै ६ पटक सरुवाभइसक्नुभएको छ । ७महिना संघीय मामिलातथा सामान्यप्रशासनमन्त्रालयको नेतृत्व सम्हाल्नुभएका सचिव सुर्य गौतम सरुवा भएपछि मन्त्रालयको नेतृत्वगर्न काठमाण्डौँ महानगरपालिकाकाप्रमुखप्रशासकियअधिकृत एकनारायण अर्याल आउनुभएको छ । प्रधानमन्त्रीतथामन्त्रीपरिषदको कार्यालयकासचिवखगराजबरालपनि धेरै सरुवाहुने सचिवमापर्नुहुन्छ । सचिवभएको चार वर्षमाउहाँको आठौं पटक सरुवाभएको छ । निजामती सेवा ऐनले उपसचिववात्यस भन्दामुनिकापदकाकर्मचारीको २ वर्ष नपुगी सरुवानगरिने व्यवस्थागरेको छ । तर, सचिव र सहसचिवको हकमा सरुवाकालागि समयको ख्यालनगरिँदा सरकारकानितीनिर्माण र कार्यान्वयमा समस्याभएको पूर्व सचिवविमल कोइरालाले बताउनुभयो । सचिवको छिटो–छिटो हुने सरुवाले सरकारी कामको गूणस्तरियतामाकमीआउने जानकार बताउँछन् ।