रामेछाप खाँडादेवीमा जीप दुर्घटना ३ जना घाइते

रामेछाप खाँडादेवीमा जीप दुर्घटना ३ जना घाइते

रामेछापको खाँडादेवी गाउँपालिका वडा नम्बर ५ गोगनपानीमा बोलेर जीप दुर्घटना भएको छ । आज विहान दोरम्बा गाउँपालिका वडा नम्बर २ बाट बिरामी बोकेर काठमाडौँ जाँदै गरेको जीप गोगनपानीमा दुर्घटना भएको हो । बा १९ च ४३७३ नम्बरको बोलेरो जीप दुर्घटनामा परी ३ जना घाईते भएको जिल्ला प्रहरीका कार्यालय रामेछापका प्रमुख प्रहरी नायब उपरीक्षक वशन्त पाठकले ईरामेछापलाई जानकारी दिनुभएको छ । दुर्घटनामा बोलेरो जीपका चालक वीर बहादुर तामाङ सहित अन्य दुईजना दिप बहादुर तामाङ र सजल योन्जन घाईते भएका छन । उनिहरुको अवस्था सामान्य रहेको डिएसपी पाठकले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार